यू–१९ एसिया कप छनोट खेलका लागि नेपाली टोलीको घोषणा

प्रकाशित मिति: ११ भाद्र २०७४, आईतवार

काठमाडौं । मलेसियामा हुने एसीसी यू–१९ एसिया कप छनोट खेलको लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र यू–१९ टिमका मुख्य प्रशिक्षक विनोद दासले ४ वैकल्पिक खेलाडीसहित १४ सदसीय टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीमा कप्तान दिपेन्द्रसँगै सन्दिप लामिछाने, अनिल कुमार शाह, सन्दिप सुनार, पवन सर्राफ, रोहित कुमार पौडेल, प्रनित थापामगर, शाहव आलम र आशिफ शेख, किशोर महतो, विक्रम कुमार भूषाल, सन्दिप जोरा, नन्दन यादव र सुमित महर्जन रहेका छन् ।

त्यस्तै प्रकाश केसी, ललित नारायण राजवंशी, रिजन ढकाल र कमलसिंह ऐरी वैकल्पिक खेलाडीमा छनौट भएका छन् ।समूह ‘ए’ मा रहेको नेपालको समूहमा सिंगापुर, थाइल्याण्ड र भुटान रहेका छन् भने समूह ‘बि’ मा मलेसिया, हङकङ र म्यानमार छन् । मलेसियामा आगामी सेप्टेम्बर ८ देखि १७ सम्म एसीसी यू–१९ एसिया कप छनोट खेल हुँदैछ ।

 

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट