सप्तऋषिको पूजा गर्दै सकियो हरितालिका तीज

प्रकाशित मिति: १० भाद्र २०७४, शनिबार

काठमाडौं, १० भदौ । आज भाद्रशुक्ल पञ्चमी अर्थात तीजको अन्तिम दिन । यस वर्षको तीज पर्वलाई हिन्दु महिलाहरुले शनिबार सप्तऋषिको पूजा गरी विदाइ गरेका छन् ।

हरितालिका तीजको व्रत लिएका महिलाहरुले सप्तऋषिको पूजा नगरे तीजको व्रत पूरा नहुने र व्रतको फल पनि नपाइने धार्मिक विश्वास छ । ऋषि पञ्चमीको दिन बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया, पोखरी वा आफ्नै घरमा टाउकोमा चाल्नो राखेर पानी खन्याएर स्नान गरी ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानीले स्नान गर्ने चलन छ ।

रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए सप्तऋषिको पूजा गर्नाले ‘पाप’बाट मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास छ । अरुन्धतीसहित सप्तऋषि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरी तीज व्रत समापन गरिन्छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट