ग्राहकको हत्या गरेका होटल सञ्चालक पक्राउ

प्रकाशित मिति: १० भाद्र २०७४, शनिबार

सुर्खेत, १० भदौ । शुक्रबार साँझ वीरेन्द्रनगरमा एक होटल सञ्चालकलाई ग्राहकको हत्या गरेको आरोप लागेको छ ।

वीरेन्द्रनगर–६ शनिहल लाइनमा मामा–भाञ्जा होटल सञ्चालन गर्दै आएका देवीप्रसाद ढकाललाई सोही होटलमै बसेर अध्ययन गर्दै आएका कालीकोट तिलागुफा नगरपालिका–११ का ३२ वर्षीय रतन शाहीको बञ्चराले हानी हत्या गरेको आरोप लागेको छ ।

प्रहरीले हत्या गरी फरार अभियुक्त ढकाललाई वीरेन्द्रनगरकै गणेश चोकबाट पक्राउ गरेको छ । जिप्रका सुर्खेतका प्रहरी उपरीक्षक मोहन आचार्यले अत्यधिक मादक पदार्थ सेवन गरेका ढकालले शाहीको हत्या किन गरेका हुन् भन्ने केही नखुलेको जानकारी दिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट