रिपोर्टर नेपाल समाचार
वीरगन्ज, भदौ ९ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको दुई समूहबीच वीरगन्जमा झडप भएको छ ।
आगामी २ असोजमा हुने स्थानीय तह निर्वाचनमा भाग लिने घोषणा गरेको दोस्रो दिन नै केन्द्रीय महासचिव राजेशमान सिंह श्रेष्ठ र विमल श्रीवास्तव समूहबीच झडप भएको हो ।
शुक्रबार कुमु प्यालेस होटलमा वीरगन्ज महानगरपालिकालगायत विभिन्न गाविसको उम्मेदवार छनोटका लागि कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको बेला झडप भएको हो ।
प्राप्त जानकारीअनुसार श्रीवास्तव र सिंहबीच वीरगन्जको प्रमुख पदको उम्मेदवारको टिकट पाउने विषयमा झडप भएको हो ।