१४ लाख हजयात्री साउदी अरब पुगे

प्रकाशित मिति: ९ भाद्र २०७४, शुक्रबार

रियाद । संसारभरबाट हज गर्नका लागि करिब १४ लाख मुस्लिमहरु साउदी अरब पुगेका छन् । यो वर्ष २० लाख भन्दा बढी मानिसहरु हज गर्न आउने अनुमान गरिएको छ ।

अधिकारीहरुका अनुसार अहिलेसम्म १३ लाख १३ हजार ९ सय ४६ जनाहरु हवाई मार्गबाट हज गर्नका लागि पुगेका छन् भने ७९ हजार ५ सय १ जना सडकबाट र १२ हजार ४ सय ७७ जना समुन्द्री बाटोबाट आएका छन् । यो संख्या गत वर्षको तुलनामा ३३ प्रतिशतले वृद्धि भएको हो ।

स्थानीय संचार माध्यमका अनुसार यी मानिसहरुमा करिब ४ सय जना कतारका हजयात्री पनि सहभागी छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट