देशभर गणेश चतुर्थी मनाइँदै (तस्बिरसहित)

प्रकाशित मिति: ९ भाद्र २०७४, शुक्रबार

काठमाडौं, ९ भदौ । आज भाद्र शुक्ल चतुर्थी अर्थात गणेश चतुर्थी । देशभरका गणेश मन्दिरहरुमा गणेशको पूजा गरी गणेशको जन्मोत्सव मनाइँदै छ ।

राजधानीको कमलादीस्थित गणेश मन्दिरमा बिहानैदेखि श्रद्धालुहरुको भीड लागेको छ ।

भगवान शिव र माता पार्वतीका पुत्र गणेशलाई धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त भएकाले नै जुनसुकै धार्मिक पूजा आराधना गर्दा पहिले गणेशको पूजा गरिन्छ ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवनको कामना गर्दै हरितालिका तीजको व्रत बसेका महिलाहरुले आजका दिन जीवनमा विघ्न नआओस् भन्ने कामना गर्दै गणेशको विशेष पूजा गर्ने गर्दछन् ।

गणेश चतुर्थीका दिन आज काठमाडौंका अशोकविनायक, चन्द्रविनायक, भक्तपूरको सूर्यविनायक, कमलविनायक लगायतका गणेश मन्दिरमा श्रद्धालुहरुको भीड लाग्ने गर्दछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट