नुहाउन गएका तीन बालकलाई खोलाले बगायो

प्रकाशित मिति: ८ भाद्र २०७४, बिहीबार

हेटौँडा, ८ भदौ । मनहरि खोलामा नुहाउन गएका तीन बालकको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीय अमन थिङ, ७ वर्षीय अलेख रुम्बा र  ७ वर्षीय प्रकाश रुम्बा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरु तीनै जना मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–७ को मनहरि खोलामा नुहाउन गएका थिए । खोलाले बगाएर मृत्यु भएका तीनै जना बालकको शव परीक्षणका लागि हेटौँडा अस्पताल लगिएको छ ।

यस्तै सोही खोलाले बगाएर घाइते भएका १५ वर्षीय बुद्ध लामा मोक्तानलाई उपचारका लागि चितवनस्थित मेडिकल कलेजमा पठाइएको मनहरि इलाका प्रहरी कार्यालयले जनाएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट