२५ वर्षीया सशस्त्र प्रहरी जवानको शव भेटियो

प्रकाशित मिति: ८ भाद्र २०७४, बिहीबार

कञ्चनपुर, भदौ ८ । भीमदत्त नगरपालिका–३ तिलकपुर स्थायी घर भएका २५ वर्षीया सशस्त्र प्रहरीका जवान नरेन्द्र कुँवर मृत अवस्थामा फेला परेका छन् । राजश्व तथा भन्सार अनुसन्धान गुल्म कञ्चनपुर गड्डाचौकीमा कार्यरत  कुँवर बुधबार साँझ काम सकेर घर फर्किएका थिए ।

राजश्व तथा भन्सार अनुसन्धान गुल्म कञ्चनपुर गड्डाचौकीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम पाण्डेले बिहीबार बिहान भिमदत्त नगरपालिका–६ ऐठपुर नजिकै सडकबाट केही तल उनको शव फेला परेको जानकारी दिए ।

प्रहरीले घटनास्थलबाट कुँवरले चढ्दै आएको म २ प ६२३ नम्बरको मोटरसाइक र एउटा छुरासमेत फेला पारेको छ । प्रहरीले कसैले कुँवरको हत्या गरेको वा दुर्घटना भएर मृत्यु भएको हो यसबारे अनुसन्धान भईरहेको जनाएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट