रक्की श्रेष्ठले जितिन् मिसेस नेपाल आईडल २०१७ को उपाधि

प्रकाशित मिति: ७ भाद्र २०७४, बुधबार

काठमाडौं । दोश्रो संकरणका मिसेस नेपाल आईडल २०१७ कोे ताज मिसेस रक्की श्रेष्ठले हात पारेकी छन् । नाचघरमा आयोजना भएको यो वर्षको ‘मिसेस नेपाल आईडल’ मा उनले अन्य १८ जना प्रतिस्पर्धीलाई पछी पार्दै उपाधी हात पारेकी हुन् ।

मिसेस नेपाल आईडल २०१७ को फस्ट रनरअपमा रुद्र कुमारी कार्की, सेकेन्ड रनरअपमा स्वास्ति पौडेल र थर्ड रनरअपमा सबिता तामाङ घोषित भएका छन् । विवाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउन उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिताको अन्य टाइटलहरुमा बेस्ट ट्यालेन्टमा स्वास्ति पौडेल, बेस्ट हेयरमा साबित्री श्रेष्ठ, बेस्ट स्किनमा ज्योति गौतम,, बेस्ट फोटोजेनिकमा मिना लामा, बेस्ट पर्सानालिटीमा तुलशा अर्याल, बेस्ट क्याटवाकमा शिल्पा बस्नेत, बेस्ट स्माईलमा भूमिका सापकोटा, बेस्ट डिसिप्लिनमा गीता भुजेल,मस्ट एक्टिभमा रेखा बस्नेत श्रेष्ठ विजयी भएका थिए ।

यस्तै मस्ट कन्फिडेन्टमा रक्की श्रेष्ठ, मस्ट ब्यूटिफूलमा तुलशा गिरी कार्की, मस्ट ईन्टलिजेन्टमा रुद्र कुमारी कार्की, मस्ट चार्मिङमा सबिता तामाङ, मिसेस फ्रेन्ड्सिपमा कला पाठक , मस्ट स्टाईलिसमा दृष्टि न्यौपाने तामाङ, बेस्ट कम्प्लेक्सनमा कोपिला रसाईली, मस्ट स्मार्टमा कृपा चुके, मिसेस पंचलमा निर्मला सिलवाल, बेस्ट ड्रेसमा मिना लामा, मस्ट पपुलरमा कोपिला रसाईली र पब्लिक च्वाईस अवार्ड रुद्रकुमारी कार्कीले हात परेका थिए ।

कार्यक्रमको प्रमुख निर्णायकमा नायक दिपक क्षेत्री , संचारकर्मी अरुणा भट्टराई, संचारकर्मी कला सुब्बा, नायिका आशिश्मा नकर्मी रहेका थिए भने विशेष अतिथिमा संचारकर्मी तथा म्युजिक भिडियो निर्देशक नब ढुंगेल तथा मिस ब्यूटी क्विन नेपाल २०१७ विजेता मनिषा पाण्डे रहेका थिए ।

प्रतियोगितालाई विभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था एमाजोन इन्टरटेनमेन्टका निर्देशक कमल खतिवडाले मायाको चिनो प्रदान गरेका थिए । प्रतियोगिताको कोरियोग्राफी मोडेल हिमानी सुब्बाले गरेकी थिइन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट