सडकमा नाचेको आरोपमा बालक पक्राउ

प्रकाशित मिति: ७ भाद्र २०७४, बुधबार

दुबई । साउदी अरबको पूहरीले गत मंगलबार १४ वर्षीय एक बालकलाई सडकमा नाचेको आरोपमा पक्राउ गरेको छ ।

सामाजिक संजालमा बालक नाचेको भिडियो भाइरल भएपछि प्रहरीले उसलाई पक्राउ गरेको हो । भिडियोमा बालक सन् १९९० को चर्चित गीतमा बाटो काट्दै नाची रहेको देखिन्छ ।

हाल बालकको नाम र ठेगाना खुलाइएको छैन । मक्का प्रहरीले बालकले सार्वजनिक स्थानमा अनुचित व्यवहार गर्दै ट्राफिक जाम गरेका कारण सोधपुछका लागि पक्राउ गरेको बताएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट