म्यान्चेस्टर सिटी र एभर्टन १-१ गोलको बराबरीमा

प्रकाशित मिति: ६ भाद्र २०७४, मंगलवार

काठमाडौं । म्यान्चेस्टर सिटीको मैदान इत्तिहाद स्टेडियममा सोमबार राति भएको इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गतको खेलमा म्यान्चेस्टर सिटी र एभर्टनले १-१ गोलको बराबरीमा खेलेका छन् ।

वायन रुनीले खेलको ३५औँ मिनेटमा गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । म्यान सिटीका राहिम स्टर्लीङले दोस्रो हाफको ८२औँ मिनेटमा एक गोल फर्काउँदै खेल बराबरीमा पुर्याएका थिए ।

एभर्टनका मोर्गन स्नाईडर्लीनले रातो कार्ड र ४४ औँ मिनेटमा सिटीका कायल वाल्कर दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टोली १० जनामा समेटिए । प्रिमियर लिग फुटबलको नयाँ सिजनको सुरुवाती दुई खेलबाट यो बराबरीपछि दुवै टोलीले ४-४ अंक बटुलेका छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट