सप्तरीको सकरपुरामा सर्पको त्रास

प्रकाशित मिति: ६ भाद्र २०७४, मंगलवार

सप्तरी, भदौ ६ । गत २६ साउनमा लगातार परेको वर्षाले खाँडोखोलाको बाढीले बस्ती नै जलमग्न बनाएपछि खाने र बस्नेलगायतका समस्या भोगी रहेका सप्तरीको सकरपुरामा अहिले सर्पको त्रासले स्थानीयहरु पीडित भएका छन् ।

तीन दिनमा सकरपुरा बस्तीका ७ जना सर्पको टोकाईबाट घाईते भएर राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएका छन् । दैनिक १२ देखि १५ जना सर्पले टोकेका बिरामी उपचारका लागि अस्पताल आउने गरेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट दयाशंकरलाल कर्णले बताए ।

स्थानीयका अनुसार दिउँसोको समयमा भन्दा पनि रातिको समयमा घरमा प्रायः सर्प आउने गरेकाले ज्यान जोगाउनै कठिन भएको छ । कतिबेला सर्प आएर टोक्ने हो भनेर त्रासमा बस्नु परेको दुखेसो उनीहरुले सुनाएका छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट