पार्टीको ह्वीप उल्लंघन गर्ने राप्रपाका १८ सांसद्लाई कारवाही गरिने

प्रकाशित मिति: ६ भाद्र २०७४, मंगलवार

काठमाडौं, ६ भदौ ।  व्यवस्थापिका संसद् बैठकमा अनुपस्थित भएर पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै राप्रपाले १८ सांसद्हरुलाई कारवाही गर्ने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बिहान कारवाहीबारे छलफल गर्न पार्टीका पदाधिकारी, संसदीय दल र कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाइएको छ ।

केन्द्रीय समितिको हेटौँडा बैठकको निर्णय अनुसार संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने राप्रपाले निर्णय गरेको थियो । सोही निर्णयअनुसार नै संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप जारी गरेको थियो । तर १८ सांसद्हरुलाई ह्वीप उल्लंघन गरेको आरोप लागेको छ । ती १८ सांसद् पशुपति शमशेर राणा समूहमा लागेको राप्रपाको भनाई छ । संविधान संशोधन विधेयकको विपक्षमा सोमबार संसद् मा राप्रपाका १९ जना उपस्थित भइ मतदान गरेका थिए ।

उपस्थित हुनेमा कमल थापा, जयन्त चन्द, दिलनाथ गिरी, विक्रम बहादुर थापा, गंगाप्रसाद यादव, कुन्ती कुमारी शाही, भाष्कर भद्रा, दिनेश श्रेष्ठ ,सुशील श्रेष्ठ, परशुराम तामाङ, राजेश्वरी देवी, लिला श्रेष्ठ, भक्त बहादुर खपाङ्गी श्यामसुन्दर टिवडेवाल, राजकुमार अग्रवाल, राम दुलारी चौधरी, श्री कान्ति पासी, गणेश थापा र कान्ता भट्टराई रहेका छन् । संसद्मा अनुपस्थित हुने र ह्विप उल्लंघन गर्ने बाँकी १८ सांसद्हरुलाई कानुन बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने राप्रपाले जनाएको छ ।

 

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट