‘जुडुवा-२’ को ट्रेलर रिलिज

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

नयाँ दिल्ली । बलिउड अभिनेता वरुण धवनको कमेडी फिल्म ‘जुडुवा-२’ को ट्रेलर रिलिज गरिएको छ ।

यो फिल्म वर्ष १९९७ मा सलमान खान, करिश्मा कपूर र रम्भाले अभिनय गरेको फिल्मको सिक्वेल हो । फिल्ममा वरुणले राजा र प्रेम नाम गरेका दुई व्यक्तिको भूमिका निभाएका छन् ।

फिल्ममा जैकलिन फर्नानडिस, अनुपम खेर, तापसी पन्नुलगायतलाई देख्न सकिनेछ । फिल्म २९ सेप्टेम्बरमा रिलिज हुने बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट