युएईबाट पक्राउ गरिए ३३ किलो सुनकाण्डका नाइके

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

काठमाडौं, ५ भदौ । त्रिभुवन अन्तर्राट्रिय विमानस्थल नजिकैबाट गत पुसमा समातिएको साढे ३३ किलो अवैध सुन तस्करी काण्डका नाइके राजनप्रसाद पन्त युएईबाट पक्राउ परेका छन् ।

पन्तले नेपालमा गत पुस २१ गते ३३ किलो अवैध सुन गोपालबहादुर शाहीमार्फत पठाएका थिए र प्रहरीले शाहीसहित ३ जनालाई पक्राउ गरेको थियो ।

युएई प्रहरीको सहयोगमा तस्करीका नाइके राजनलाई नेपाल प्रहरीले पक्राउ गरेको हो । एसपी मीरा चौधरीकाअनुसार काठमाडौं ल्याइएका राजनलार्ई सीआईबीको जिम्मा लगाउने तयारी भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट