कान चिलाउँदा निस्क्यो जिउँदो माउसुली (तस्बिरसहित)

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

बेइजिङ । तपाईहरुले कानबाट कीरा, ककरोच निकालेको खबर त सुन्नु नै भाको होला । आज हामी तपाईलाई एक युवकको बारेमा बताउँदै छौ जसको कानमा जिउँदो माउसुली पसेर हैरान गर्यो । यो घटना दक्षिणी चीनको ग्वान्जाओमा घटेको हो ।

समाचारका अनुसार नाम गोप्य राखिएका ती युवक राति राम्रै सुतेका थिए । बिहान उठेपछि उनलाई कानमा केही असहज भयो, मानौ कानमा केही हिडी रहेको छ । उनको कान चिलाउन सुरु भयो र कान दुख्न थाल्यो । ती युवकलाई राति कानमा केही पसेको शंका लाग्यो र उनी अस्पताल गए । अस्पतालमा टूबो नामक डाक्टरले युवकको कान जाँच गरे र अचम्ममा परे ।

डाक्टरका अनुसार युवकको कानमा एक जिउँदै माउसुली हिडी रहेको थियो । माउसुली युवकको दिमागसम्म नपुगोस् भनेर डाक्टरले तुरुन्तै सुई लगाएर माउसुलीलाई बेहोस गरे । निकै प्रयासपछि माउसुलीलाई युवकको कानबाट बाहिर निकाल्न सकियो । माउसुलीलाईस देखेर अस्पतालका सबै अचम्ममा परेका थिए ।

बाहिर निकालिएको माउसुलीको पुच्छर नभएकाले कानभित्र पस्दा नै माउसुलीको पुच्छर नभएको हुनसक्ने डाक्टरले अनुमान गरेका छन् । डाक्टरले कानमा केही पसेको थाहा पाउँदा ढिला नगरी कानभित्र तेल राखेर बाहिर निकाल्ने प्रयास गर्नुपर्ने र अस्पताल जानु पर्ने सुझाव दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट