नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्दै

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

काठमाडौं । आज नेपालले नेपालमा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा पहिलो खेल माल्दिभ्ससँग खेल्दैछ । नेपाल माल्दिभ्स विरुद्धको खेलमा विजयी भए सेमिफाइनलमा पुग्नेछ ।

भारतले माल्दिभ्सलाई ९–० को फराकिलो अन्तरले तीन टोली सम्मिलित समूह ‘बी’को पहिलो खेलमा हराएको थियो । आजको खेल नेपालले जितेमा माल्दिभ्सको यात्रामा पूर्णविराम लगाउँदै भारत विरुद्धको खेल अघि नै सेमिफाइनलमा नेपालले आफ्नो स्थान पक्का गर्नेछ ।

लगातार दोस्रो खेलमा पराजित हुँदै श्रीलंका बाहिरिएपछि समूह ‘ए’बाट भुटान र बंगलादेश समूहको अन्तिम खेलमा आपसमा भिड्नुअघि नै सेमिफाइनलमा पुगेका छन् । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो भने आइतबार भएको दोस्रो खेलमा भुटानसँग ६–० ले पराजित भएको थियो ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट