मागेर संकलन गरेको रु ३ लाख भेटियो

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

विराटनगर, ५ भदौ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले घर भत्काएका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट रु ३ लाख १५ हजार रकम फेला परेको छ ।

भत्किएको घरमा गत आइतबार नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्दा बोरामा राखिएका अधिकांश भिजेका नोटहरु फेला पारेको हो । जिल्ला प्रहरी कार्यालयले फेला परेका नोटहरुमा एक हजारको १ लाख ९ हजार नोट र बाँकी नोट रु ५०० र १०० को रहेको जनाएको छ ।

अशक्त अवस्थामा रहेका मण्डलले सो रकम मगन्तेका रुपमा संकलन गरेका हुन् । बाढीको पानी एक्कासी घरभित्र प्रवेश गरेपछि उनले पैसाको बोरा निकाल्न नसकेको बताइएको छ ।

 

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट