तराईका बाढीपीडितलाई हिमानी कोषले राहत वितरण गर्ने

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

काठमाडौं, भदौ ५ । तराईका बाढीपीडितलाई परोपकारी संस्था हिमानी कोषले राहत सहयोग गर्ने भएको छ ।

पर्साका ५ सय घरका लागि त्रिपाल, चामल, दाल, नून, तेल र चिउरालगायतका सामग्रीहरु कोषकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाहले ७ भदौमा वितरण गर्ने तयारी रहेको छ ।

केही दिन अगाडि आएको निरन्तर वर्षाका कारण पर्सा जिल्लाका डुबानमा परेका गाउँका बाढीपीडितलाई राहत वितरण गर्न लागिएको हिमानी कोषले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट