ट्रेड युनियन कञ्चनपुरले बाढीपीडितका लागि रु डेढ लाख संकलन गर्यो

प्रकाशित मिति: ३ भाद्र २०७४, शनिबार

भीमदत्तनगर, ३ भदौ ।  बाढीपीडितका लागि कञ्चनपुरको भीमदत्तनगरस्थित निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन कञ्चनपुरले राहत संकलन अभियान सुरु गरेको छ ।

केही दिनयता स्थानीय व्यापारी, कर्मचारी, उद्योगीलगायत आम सर्वसाधारणबाट बाढीपीडितका लागि कर्मचारी युनियनले राहत संकलन गर्न थालेको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गौराजबहादुर लिम्बूले जानकारी दिए ।

अहिलेसम्म रु डेढ लाख संकलन भइसकेको अध्यक्ष लिम्बुले बताए ।कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत संकलित राहत रकम सरकारलाई हस्तान्तरण गरिने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट