अन्तरक्रिया तथा पुनरावलोकनका लागि गठबन्धन निर्माण कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २ भाद्र २०७४, शुक्रबार

काठमाडौं, २ भदौ । गत बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा चाइल्ड नेपालको आयोजना र सेभ द चिल्ड्रेनको सहयोगमा संयुक्त राष्ट्र संघीय बालअधिकार सम्बन्धी महासन्धीको संचार प्रक्रिया सम्बन्धी तेस्रो इच्छाधिन आलेखको विषयमा अन्तरक्रिया तथा पुनरावलोकनका लागि गठबन्धन निर्माण कार्यक्रम सम्पन्न गरिएको छ ।

इन्सेकका अध्यक्ष सुुशिल प्याकुरेल, मानव अधिकार आयोगका पूर्व आयुक्त एवं वरिष्ठ बाल अधिकारकर्मी गौरी प्रधान, गैर सरकारी संस्था महासंघका पूर्व अध्यक्ष सर्मिला कार्कीको उपस्थिति रहेको उक्त कार्यक्रममा बालबालिकाको क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

चाइल्ड नेपालका अध्यक्ष तथा नेपालका लागि संयुक्त राष्ट्र संघीय बालअधिकार सम्बन्धी महासन्धीको इच्छाधिन आलेख पुनरावलोकन समितिका संयोजक कृष्ण सुवेदीको अध्यक्ष्यतामा सुरु गरिएको उक्त कार्यक्रममा चाइल्ड नेपालका कार्यक्रम निर्देशक मोहन दंगालले इच्छाधीन आलेखको पुनरावलोकनका लागि नागरिक समाजको भूमिका विषयमा कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा इन्सेक अध्यक्ष सुशिल प्याकुरेल, वरिष्ठ बालअधिकारकर्मी गौरी प्रधान, एन.जि.ओ फेडेरेसनका पूर्व अध्यक्ष कृष्ण सुवेदी लगायतले संयुक्त राष्ट्र संघीय बालअधिकार सम्बन्धी महासन्धीको इच्छाधीन आलेखमा नेपाल सरकारले जति सक्दो चाँडो अनुमोदन गरी बालअधिकारको प्रत्यक्ष भूमिकाको ग्यारेन्टी गर्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमको अन्त्यमा उक्त आलेखको पुनरावलोकलका लागि स्वतन्त्र हैसियतको गठबन्धन निर्माण गरिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट