रैथाने उम्मेदवारलाई जिताउँछौँ

प्रकाशित मिति: २२ चैत्र २०७३, मंगलवार

हामीले रैथाने एकता परिषद् घोषणा गरेका छौँ । हाम्रा भातृ संगठनहरू छन्, अरु पार्टीहरूको भातृ संगठन जस्तै । रैथाने महिला परिषद्, रैथाने किसान परिषद्, रैथाने विद्यार्थी परिषद्, रैथाने कर्मचारी परिषद, रैथाने रिक्सावाला परिषद् सबै क्षेत्रमाखेल्न लागेका छौँ । हामी दुई–चारजना साथी मिलेर आर्थिक पाटो धानिरहेका छौँ ।

यो त स्वाभिमानको लडाइँ हो । यसले खासमा तराई–मधेसमा रहेका रैथानेहरूको हक अधिकारको कुरा गर्छ । यो पूरै राजनीतिक दल होइन, रैथानेहरूको एउटा क्लब जस्तो हो । यसले रैथानेको हक अधिकारको मात्र कुरा गर्छ । हाम्रो बेस भनेको जहाँ रैथानेहरू पीडामा छन्, जहाँ रैथानेको हक अधिकार खोसिने क्रम जारी छ त्यहाँ नै हो । रैथानेहरू बाँडिएका छौँ राई, लिम्बु, यादव, मुसहर आदि–आदि सबै विभक्त छन्, पार्टीमा अनि धार्मिक मण्डलीमा । उनीहरूलाई एक बनाउने अभियान मात्र हो हाम्रो ।

बाध्य पारियो भने हामी राजनीतिमा पनि आउँछौँ । रैथानेहरूको कुरै नसुन्ने राज्यले सधैँ मधेसी मोर्चाका दुई–चार नेताका मात्रै कुरा सुन्ने ? यो पाराले त हुँदैन नि ! राज्यले वास्तविक रैथाने मधेसीको कुरा सुन्नुप¥यो । एकजना आए मुसहर समुदायबाट ? एक चोटी असर्फी सरा आएका थिए । त्यसपछिको इतिहास हेरौँ तत्माको त कुरै नगरौँ आउनुपर्ने त उनीहरू हो नि ! अनि किन मधेसी मोर्चाको मात्र कुरा सुन्छ राज्यले ? हाम्रो त्यसमा एकदम आपत्ति हो । वास्तविक रैथानेहरूको कुरा सुनेर सम्बोधन गर्नु प¥यो ।

हामी दलका रूपमा अहिले नै दर्ता गर्दैनौँ । यो त आवश्यकताले नै बोध गराउने हो । भोलि आवश्यक प¥यो भने कुन ठूलो कुरा हो १० हजारको हस्ताक्षर गराउँछौँ बकाइदा निर्वाचन आयोगमा दर्ता गराएर अहिलेका दलविरुद्ध चुनावमा उठ्छौँ । जब राज्यले सुन्दैसुन्दैन माइनसै गरेर जाने अनि सधैँ उताबाट आएको मान्छेहरूको कुरा मात्र सुन्ने भयो भने हामी पनि चुप लागेर बस्दैनौँ नि !

अहिले ठ्याकै तथ्यांक त आइसकेको छैन ५० लाख चानचुन नवनागरिक भित्रिएका छन् । हामी चाइनाबाट आएको नवनागरिकको पनि निविरोधीहौँ । अरु देश पाकिस्तानबाट पनि आउलान्, हामी सबै नवनागरिकको विरोधी हौँ । पुस्तौँपुस्तादेखि बस्दै आएका हामीले राजनीति नगर्ने अनि उनीहरूले चाहिँ गर्न पाउने ?

नवनागरिकहरू भित्रिने क्रमसँगै रैथाने नागरिकहरूको हक अधिकार गुम्दै जान थाल्यो । भारतबाट बिहे गरेर पनि आउने, बसाइँ सराइ गरेर आउने अंगिकृत नागरिकता लिइहाल्ने अनि राज्यसँग सिधैँ बार्गेनिङ गर्ने ?

हाम्रो निष्कर्षके हो भने भारतले नेपाललाई अस्थिर बनाउन चाहिरहेको छ । अस्थिर बनाउनका लागि पात्रको रूपमा नवनागरिकलाई भारतले प्रयोग गरिरहेको छ । खुलेआम नेपालभित्र आएर गुगल म्यापमा देखिएन भनेर एसएसबीले मान्छे मार्ने ? आफ्नो देश हो विकास निमार्ण त गर्न पाइन्छ नि ! गोली नै ठोक्ने ? राज्यमौन बस्यो । जवाफ माग्नुपथ्र्यो, माफी मगाउनु पर्ने हो नि ! हामीले त्यहीकारणले मोदीको पुत्ला जलायौँ । नेपालीलाई तिमी किन एट्याक गछौँ ?

हामी नवनागरिकहरूलाई भन्छौँ, बस्नुस्, खानुस्, खेतीपाती गर्नुस्, बिहेबारी गर्नुस्, मर्दापर्दा हामीलाई डाक्नुस् हामी पनि तपाईंहरूलाई डाक्छौँ । तर, राजनीति चाहिँ हामी गर्छौँ । किन कि, यो हाम्रो ठाउँ हो नि ! आफ्नो ठाउँको विकास गर्न रैथानेहरूले नै पहिला पाउनुपर्ने कुरा हो । यही विषयमा हामीले अन्तरक्रियाहरू पनि गरिरहेका छौँ । रौतहटदेखि सप्तरी हुँदै सुनसरी मोरङसम्म अन्तरक्रिया गर्ने छौँ । योभन्दा अघि थुप्रै कार्यक्रमहरू गरेका छौँ । जस्तो कञ्चनपुर हत्याकान्डको विरुद्धमाहामीले मोदीको पुत्लाजलायौँ ।

म कुनै पार्टीको हुन सक्छु, तपाईं पनि कुनै पार्टीको हुन सक्नु हुन्छ तर पहिले त हामी रैथाने हौँ । मेरो आस्था होला एमालेसँग, तपाईंको कांग्रेससँग होला, कोहीको राप्रपामा होला तर पहिले त हामी रैथाने हौँ । त्यसैले यो चाहिँ क्लब हो राजनीतिक हिसाबमा नजिक त होइन्छ मत हाल्ने त सबैको अधिकार हो । राष्ट्रियताको विषयमा कतिपय सवाल एमालेसँग मिल्छ हाम्रो । तर, एमालेभन्दा बिलकुलै फरक बिचार र इन्स्ट्रक्चर छ हाम्रो । हामी चाहिँ देशकै लागि लड्ने हो ।

देश टुक्राउने कुराहरू आइरहेको छ हामी त्यो हुन दिने पक्षमा छैनौँ । अब सिके राउतले खुलम्खुलाआमसभा ग¥यो, देश टुक्राउँछु भन्छ । कुनै पनि दल र मधेसी मोर्चाले चुइक्क बिरोध गर्दैनन् । कुनै पार्टीले खरो रुपमा प्रतिक्रिया जनाएनन् । अनि हाम्रो बुझाइमा धेरैजसो पार्टीहरू लम्पसारवादतिरको यात्रामा छ । एमालेसँग हाम्रो राष्ट्रियताको सबालमा मात्र मिल्छ । एमालेको राष्ट्रियताको जुन अडान छ त्यो हामीलाई पनि मन पर्छ ।

यो देशमा चुनाव हुनुपर्छ । चुनाव भएन भने अस्थिरता बढिरहन्छ । दुई दशक भैसक्यो स्थानीय चुनाव नभएको । कम्तीमा अस्थिरतालाई रोक्छ यसले । अनि विकास निमार्ण हुन्छ । युवाहरूले रोजगार पाउँछन् । अहिले हामी चुनावमा जादैनौँ, सहयोग गछौँ । टिकट मधेसका रैथानेले पाउनुपर्छ । राजनीतिक दलहरूले रैथानेलाई टिकट दिनुप¥यो । कुनै दलले अंगिकृतलाई टिकट दिए हामी उसलाई हराउँछौँ । जुनसुकै आन्दोलन पनि गर्न तयार छौँ । हामीले राजनीतिक दलहरूलाई अंगिकृतका सदस्यता रोक्नुस् भनेर भनिसकेका छौँ । रैथाने उम्मेदवार जुनसुकै दलको भए पनि हामीले सकेको क्षेत्रबाट सहयोग गर्ने छौँ । रैथाने उम्मेदवारलाई जिताउने प्रयास गर्नेछौँ हामी । संविधान संशोधन र स्थानीय निकायको कुनै साइनो नै छैन । चुनावविरोधीलाई निस्तेज बनाउन वडास्तरको समिति बनाइरहेका छौँ । चुनावबिरोधीको हामी भण्डाफोर गर्छौँ ।

हामी राजनीतिक दलका रुपमा दर्ता भएर आयौँ भने नेपालका राजनीतिक दलहरूले ठूलो क्षति बेहोर्नुपर्छ । उहाँहरूले रैथानेहरूको भोट दुरुपयोग गरिरहनुभएको छ,उहाँहरूले सोच्नै पर्छ । रैथानेहरू भनेको जोक होइन, हामी त देशको लागि गर्दै छौँ ।

हामी दलको रुपमा स्थापित भएर चुनावबाट आइसकेपछि हामीले काम गर्ने शैली पनि अहिलेभन्दा एकदमै फरक हुनेछ । तर, अहिले भनेको हामी त्यता जादैनौँ अहिले हामी रैथानेलाई एक गराउनतिर लागौँ । पहाडे र मधेसी भनेर फिलिङ्स् ल्याइएको छ, देश त सबैको हो नि । अहिले हामीले यस्ता कुराहरूलाई न्यूनीकरण गर्दै जाने हो ।

(कुराकानीमा आधारित)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट