जोर्नी दुख्ने समस्याबाट बच्न जान्नुस यी ५ उपाय

प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

आजभोलि धेरै जसो मानिसहरुमा जोर्नी दुख्ने समस्याको गुनासो हुने गर्छ । हुन त जोर्नी दुख्ने समस्या उमेरसँगै देखापर्ने एक समस्या हो, तर यसबाट बच्नका लागि सुरु देखि नै सचेत हुनु जरुरी छ ।

यदि तपाई चाहनुहुन्छ कि तपाइलाई यस्तो समस्या नहोस भने आफूले खाने कुरामा विषेश ध्यान दिने गर्नुस ।

१. लसुन :

लसुनले जोर्नीको दुखाइलाई केही भएपनि आराम दिने गर्छ । विशेषज्ञका अनुसार प्याज र लसुनमा धेरै प्रकारको तत्वहरु पाइन्छ जसले जोर्नीको दुखाइ कम गर्नका लागि निकै उपयोगी हुन्छ । यसको लगातारको प्रयोगबाट जोर्नी दुख्ने समस्याबाट बच्न सकिन्छ ।
२. बदाम :

बदाममा भिटामिन ई हुने गर्छ जुन जोर्नीको दुखाइका लागि धेरै फाइदाजनक हुन्छ । प्राय  ठूला भारतिय बदाममा पाइने ओमेगा ३ फैटी एसिडले सुनिने र गाठो पर्ने लक्षणलाई कम गर्नमा मदत गर्छ । यो बाहेक माछा र बोक्रावाला नेपाली  बदाम (मुंगफली)मा पनि प्रयाप्त मात्रामा ओमेगा ३ फैटी एसिड पाइने गर्छ ।

३. मेवाः

मेवामा बढी मात्रामा भिटामिन सि पाइने गर्छ । भिटामिन सि ले इम्यूनिटी सिस्टमलाई मात्र राम्रो नगरी जोर्नी दुखाइका लागि पनि निकै फाइदा पुर्याउने गर्छ ।

४. स्याउः

एक गिलास पानीमा स्याउको भेनिगर मिसाएर पिउनाले जोर्नी दुखाइलाई राहत पुर्याउछ । यस बाहेक ब्रोकाउली खानाले पनि गाठागुठी छ भने राम्रो गर्छ । ब्रोकाउलीमा धेरै प्रकारको पोषणका तत्वहरु पनि पाइन्छ ।

५. व्यायाम :

यो बाहेक सहि साइजको जुत्ता लगाएर व्यायाम गर्नाले पनि तौल नियन्त्रणका साथै तपाइको जोर्नी द्ख्ने समस्यामा राहत पुर्याउने काम गर्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट